Hamro Sanchar

  • Ad
Ad

आफ्नै कला संस्कृतिलाई अलग राखेर खुमनले गाए रोइला गीत हिन्दि भाषामा (भिडियो सहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

राजु बोहरा/काठमाडौँ – नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र समय अनुसार परिमार्जित हुनु स्वाभाविक हो तर यो भन्दैमा आफ्नै कला संस्कृति र मौलिक परम्परालाई चटक्कै भुलेर पाश्चातिय संस्कृतिमा धकेलिनु भने बिल्कुलै ठिक कुरा होइन ।

प्रसङ्ग शिब दर्शन डिजिटल प्रालिले आज बाट मात्र सार्बजनिक गरेको रोइला लोक दोहोरी गीत “मुझे अच्छा लक्ताहे” बोलको । यो गीत रोइला सुगन्ध तयार भएको छ । प्रस्तुत गीतमा अहिलेका बहुचर्चित गायाक खुमन अधिकारी र श्यामकला भण्डारीको सुमधुर स्वर रहेको छ ।

समयको माघ र श्रोता दर्शकहरुको चाहना भन्दैमा यसरी भाषालाई नै परिवर्तन गर्न नहुने हो तर हामी संचार माध्यमहरुले यस्ता बिषयमा ओकालत गर्नु भन्दा पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षण गर्न भनेर लागि परेका कलाकार स्वयम् ले बुझ्नु पर्ने हो ।

यस बिषयमा हामि कसै प्रति पनि टिका टिप्पणीको पात्र नबनी प्रस्तुत गीतलाई मुल्यांकन गर्ने जिम्मा अशंख्य श्रोता तथा दर्शकहरु माझ समर्पण गर्दछौं ।

यो मात्र नभई हामी सम्पूर्ण संगीत पारखीहरुले पुरै गीतको भाव नबुझी टिका टिप्पणी गर्ने परिपाटीले पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको वास्तविक मर्म हराउने यथार्थ कुरा पनि भुल्न नहुने कुरा स्पस्ट छ । त्यसैले पनि कुनै टिका टिप्पणी गर्नु पूर्व यस गीतलाई ध्यान दिएर सुनिदिन शिब दर्शन डिजिटल प्रालि सबैमा अनुरोध गर्दछ ।

केहि हिन्दि भाषा मिसावट गरेर तयार भएको भए पनि प्रस्तुत गीतले सामाजिक यथार्थता र बिकृति विसंगति माथि कमिड़ी सैलिमा प्रहार गर्न खोजेको छ ।

श्यामकला भण्डारीको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई लय शब्द बिष्णु न्यौपानेले तयार पारेका छन् । निकै कमिड़ी सैलि र संदेश मुलक भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा हाँस्य टेलीशृंखला बाट ख्याती कमाएका कलाकार राजु मास्टर र मैयाको अभिनय रहेको छ ।

भिडियोलाई निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुधन बस्नेतले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि.
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad