Hamro Sanchar

Ad

प्रदेशका मन्त्रालय सञ्चालनका लागि पहिलो चरणमा ५–५ करोड रुपैयाँ निकासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

केन्द्र सरकारले ३ नम्बर प्रदेशका मन्त्रालय सञ्चालनका लागि पहिलो चरणमा ५–५ करोड रुपैयाँ निकासा गरेको छ । अघिल्लो साता सरकारले ३ नम्बर प्रदेश प्रमुखको खर्चसहित विभिन्न मन्त्रालय तथा सचिवालयमा कोष लेखा नियन्त्रकको कार्यालय मार्फत रकमको अख्तियारी दिईएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय सञ्चालनका लागि सो रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय मकवानपुरका नियन्त्रक नारायण दत्त शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश प्रमुखको तलबी खर्च तथा अन्य रासन पानीका लागि १४ लाख ८८ हजार रुपैयाँ निकासा भएको छ भने, प्रदेश प्रमुखको कार्यालय सञ्चालन, कर्मचारी र आन्तरिक व्यवस्थापनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको थियो । यसैगरी प्रदेश सभा सचिवालयको प्रारम्भिक खर्चका लागि १० करोड, मन्त्रालय, सभा हल तथा सरकारी निवासको मर्मत सम्भार तथा रङ रोगनका लागि ५० लाख बजेट अख्तियारी दिईएको छ । यद्यपि, आन्तरिक व्यवस्थापनमा समस्या भएपछि रकम सम्बन्धित स्थानमा भने पठाउन नसकिएको शर्माको भनाई छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad