Hamro Sanchar

  • Ad
Ad

कुवेतमा रहेका नेपालीले सामुहिक लगानी मार्फत नेपालमा ब्यबसाय गर्ने

प्रकाशित : २०७४/१०/२९ गते
Ad

कुवेत, फेब्रुवरी १२- कुवेत रहेका नेपालीले नेपालमा सामुहिक लगानी गर्न बोर्ड अफ डाइरेक्टर नामक समिति गठन गरेका छन् | बोर्ड अफ डाइरेक्टरको गत ९ तारिख औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

एनआरएनए, एनसिसि कुवेतको संयोजनमा सामुहिक लगानीका प्रमुख अभियानता सुरज मास्केले कुवेतमा कार्यरत नेपालीहरुलाई भेला गराई लगानीको सम्भाव्यता, नेपाली बजारको वर्तमान अवस्था र गर्न सकिने ब्यबसाय सम्बन्धि भाबी योजना सहितको खाका प्रस्तुत गरेका थिए ।

हाल सम्म यो समुहसंग जोडिएका र लगानीमा आकर्षित भएका अथवा लगानीको लागि कमिटमेन्ट गरिसकेका सदस्यहरुको ९ तारिख कुवेतको सालमियामा बसेको पहिलो बैठकले सुरज मास्केको नेतृत्वमा रहनेगरी बोर्ड अफ डाइरेक्टर गठन भएको छ ।

समितिमा सुरज मास्के, रबि बन्जाडे, बिक्रम थापा, राजिब खड्का, राजन कुँवर र अरुण मास्के रहेका छन भने आमन्त्रित सदस्यको रुपमा नारायण पोख्रेल र राजेन्द्र बस्नेत रहेका छन ।

बोर्ड अफ डाइरेक्टर गठन संगै कम्पनीको रजिस्ट्रेसन देखि सन्चालनमा ल्याउनको लागि गर्नुपर्ने कामहरु गर्ने र कुवेतमा कार्यरत धेरैभन्दा धेरै नेपालीहरुलाई समेट्न अभिप्रेरित पनि गर्नेछ । न्युनतम एक लाख रुपैया र अधिकतम बिस लाख रुपैया सम्म लगानी गर्न सक्नेछन ।

प्रतिकृया दिनुहोस्
Ad
Ad