Hamro Sanchar

  • Ad
Ad

सिन्धुपाल्चोक सेवा समाज कुवेतद्धारा क्यान्सर पिडितलाई सहयोग

प्रकाशित : २०७४/१०/२८ गते
Ad

बसन्त थापा/कुवेत, फेब्रुअरी ११- सिन्धुपाल्चोक सेवा समाज कुवेतले क्यान्सर पिडित जनक राम पराजुलीलाई १८५ केडि (नेपाली रुपिया ६३,०००) आर्थिक सहयोग गरेको छ |

सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका ७ खाडिचौरका जनक राम पराजुलि (सागर) नसा सम्बन्धि रोगले ग्रसित भई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन ।

अरनिको यातायात सेवा समितिमा लामो समय देखि परिचालक रुपमा कार्यरत पराजुलीको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उनको उपचारमा सहयोग होस् भन्दै उक्त रकम सहयोग गरिएको सिन्धुपाल्चोक सेवा समाजका संयोजक माधब पौडेलले बताए |

पराजुलीको लागि अरनिको यातायात सेवा समितिका पुर्व मजदुरहरु र सिन्धुपाल्चोक सेवा समाज कुवेतका सदस्यहरुबाट रकम संकलन गरेको थियो । साथै सिन्धुपाल्चोक सेवा समाज कुवेतले सहयोगी मनहरुलाई धन्यवाद दिएको छ।

सहयोगीहरुको नामावली यस प्रकार छ |

बिकाश तामाङ(गोले) २५ केडि
केशब महर्जन २० केडि
प्रदिप कार्की २० केडि
माधब पौडेल २० केडि
रघुनाथ कार्की १० केडि
राम कार्की १० केडि
प्रेम घिसिङ १० केडि
बिनोद नेपाल १० केडि
शम्भु नेपाल १० केडि
मनिराम पराजुलि १० केडि
रामहरि नेपाल १० केडि
अरुन लामा १०केडि
हरिकृष्ण न्यौपाने ५केडि
सुवास श्रेष्ठ ५ केडि
राजु कार्की ५ केडि
जनक कुमार लुइँटेल ५ केडि

प्रतिकृया दिनुहोस्
Ad
Ad