Hamro Sanchar

  • Ad
Ad

कुवेतमा फेरी एक नेपालीको मृत्यु

प्रकाशित : २०७४/१०/२८ गते
Ad

कुवेत, फेब्रुअरी ११- कुवेतमा फेरी एक नेपालीको निधन भएको छ | मोरङ पथरीका दिलबहादुर पुलामी मगरको आइतबार बिहान निधन भएको हो |

कुवेतको केएलडीडी कम्पनीमा २० वर्ष देखि कार्यरत दिलबहादुर ५:३० बजे शौचालयमा ढलेका थिए | बेहोस अवस्थामा रहेका दिलबहादुरको अस्पताल नपुग्दै मृत्यु भएको थियो |

काममा जाने तयारीमा रहेका दिलबहादुर बिहान ५:३० बजे शौचालयमै ढलेका थिए | दिलबहादुरको हृदयघातबाट मृत्यु भएको हुन सक्ने बताइएको छ |

मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ । शवलाई कानुनी प्रकृया पुर्‍याएर चाँडो भन्दा चाँडो नेपाल पठाईने नेपाली राजदुतावास कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
Ad
Ad