Hamro Sanchar

  • Ad
Ad

गायिका जलजलालाई अमेरिकाबाट सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२८ गते
Ad

अमेरिका: दुवै मृगौला फेल भएर उपचाररत गायिका जलजला परियारलाई अमेरिकामा बस्दै आएका नेपालीले सहयोग गरेका छन् । गायक किशोर सिवाकोटीको संयोजनमा संकलन गरिएको एक लाख ५६ हजार रुपैयाँ परियारलाई उपलब्ध गराइएको हो ।

कलाकार तथा मानवियताका नाताले केही समय खर्चिएर गायिका परियारको उपचारका लागि सानो सहयोग उपलब्ध गराइएको र यो अभियानमा अमेरिकामा बस्ने नेपालीभाषी भुटानी दाजुभाइ, अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनी एवम् कलाकारहले साथ दिएको गायक सिवाकोटीले बताए ।

उक्त रकम काठमाडौंको टिचिङ अस्पताल पुगेर गायिका परियारलाई संगीतकार सुनिल मास्के, रेकर्डिस्ट तथा साउण्ड इञ्जिनियर किशोर थापा र संचारकर्मी सार्थक महराले हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका कलाकार तथा नेपालीले गीत संगीतका लागि मात्रै नभएर भूकम्प पीडित, शितलहर पीडितलगायत नेपालमा भइपरी आउने समस्यामा साथ दिँदै आएका छन् । अन्नपूर्ण 

प्रतिकृया दिनुहोस्
Ad
Ad