Hamro Sanchar

Ad

वर्षाका कारण नेपाल र युएर्इबीचकाे खेल प्रभावित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२८ गते
Ad

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आइतबार हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन।

नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजेर १५ मिनेटमा शुरु गर्ने भनिएको थियो। दुवै टोलीका लागि अाजकाे खेल निकै महत्वपूर्ण छ। डिभिजन–२ का शीर्ष दुई स्थानमा रहनका लागि दुवै टोलीलाई खेल जित्नै पर्ने दवाव छ। त्यसैले गर्दा पनि उक्त खेल निकै राेचक हुने अनुमान गरिएकाे छ।

दुवै टोलीले दुई-दुई अंक जाडेका छन्। यसअघि दुई-दुई खेल खेलेका दुवै देशले एक खेलमा जीत तथा एक खेलमा हार बेहोरी समान अङ्क जाेडेका छन्।

नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो। र, दोस्रो खेलमा ओमनसँग ६ विकेटले हार ब्यहोरेको थियो। त्यस्तै युएईले केन्यालाई पराजित गरेको थियो। र, क्यानडासँग हार बेहोरेको थियो।

प्रतिकृया दिनुहोस्
Ad
Ad