Hamro Sanchar

  • Ad
Ad

आखिरी दोषी को ?

आमाको नामबाट नागरिकता पाउने व्यवस्था भएपनि सन्तानको परिचय खोज्दा बाबुको नाम जोड्न चाहने नेपाली समाजले विवाह नगरी यसरी बच्चा जन्माउनुलाई महिलाको बाध्यता भनेर चुप लागेर बसला ? बैदेशिक रोजगारको लागि खाडी आएर फर्किने महिलाहरु जो कसैकी छोरी, कसैकी दिदीबहिनी, कसैकी श्रीमती र कसैकी आमा छन तिनीहरु प्रति हजारौं प्रश्न थोपर्ने नेपाली समाजले यसरी बिना बाउको सन्तान सहित मुलुक फर्किदा यिनको पाइला पाइलामा प्रश्नको तगारो राखिदिने मात्र हैन यिनलाई समाजमा हेर्ने दृष्टीकोण कस्तो रहला भनेर धेरैलाइ अहिले जिज्ञाशु बनाएको छ ।

लेखक :- गोपाल शिवा प्रकाशित : २०७४/१०/२७ गते
Ad

गतसाता कान्तिपुर दैनिकमा सिन्धुपाल्चोककी एक चेलीले आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि निकै खुसी भएको खबर छापियो  । ८ वर्षअघि घरेलु कामदार हाउसमेडका रूपमा कुवेत आई पुगेकी यिनी घरको काम गर्न नसके पछी नवलपरासीका एक बिबाहित युवकसँग भागेर संगै बस्ने क्रममा जन्मिएको छोरो ४ बर्षको भएको थियो ।

यो त् प्रतिनिधि घटना मात्र हो ।झन्डै दुइ साता अघि कुबेतमा खुलेको आममाफी मार्फत आमा संगै नेपाल फर्किन लागेका ३ दर्जन जति बाबुबिहिन बच्चाहरुको विषय भने अहिले यसरि नै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चार माध्यममा हेडलाइन बनिरहेको छ । समाचार र बस्तु स्थिति संगै यसरि नेपाली महिलाहरु किन आफु संगै बिना बाउको बच्चा  लिएर मुलुक फर्किदैछन भन्ने कुराको पछाडीको खोज र नियन्त्रणको प्रयास नगर्ने हो भने यसले लाखौ नेपाली महिलाहरु घरेलुकामदारको रुपमा रहेको अवस्थामा थप विकराल रुप लिने संकेतहरु दिई सकेको छ  । त्यस्तै गरि बैदेशिक रोजगारमा घरेलु कामदारमा जाने नेपाली दिदीबहिनीहरु कति सुरक्षित र असुरक्षित भनेर गम्भीर रुपमा घोतालिन बाध्य बनाएको छ ।

अर्को तिर देशमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था भए  पनि सन्तानको परिचय खोज्दा बाबुको नाम अझै जोड्न चाहने नेपाली समाजले विवाह नगरी यसरी बच्चा जन्माउनुलाई महिलाको बाध्यता भनेर चुप लागेर बस्ला ?  बैदेशिक रोजगारको लागि खाडी आएर फर्किने  महिलाहरु जो कसैकी छोरी, कसैकी दिदीबहिनी, कसैकी श्रीमती र कसैकी आमा छन तिनीहरु प्रति हजारौं प्रश्न थोपर्ने समाजले यसरी  बिना बाउको सन्तान सहित मुलुक फर्किदा यिनको पाइला पाइलामा प्रश्नको तगारो राखिदिने मात्र हैन यिनलाई समाजमा हेर्ने दृष्टीकोण कस्तो रहला भनेर धेरैलाइ अहिले जिज्ञाशु बनाएको छ ।  

भनिन्छ एक्लोपनले मानिसको मनस्थितिलाई भावनात्मक आवेग तथा कुण्ठाको स्थितिमा पुराई दिन्छ।एकातिर  समाजका महिला खाडीमा काम गरेर फर्किंदा चरित्रसँग जोडेर हेर्ने हाम्रो समाजमा जति पुरुषलाई विदेशबाट फर्केपछि घरजम र विहेवारी गर्न सजिलो छ महिलाका लागि भने कठिन रहेको सामाजिक माहोल छ । यस्तो मानसिकता बोकेर धेरै बिबाहित ,अबिबाहित , पति र आफन्तको माया र साथ् नपाएका, गरिवी र वेरोजगारीको बाध्यताको फन्दामा परेर घरेलु कामदारका रुपमा काम गर्न बाध्य दिदीबहिनीहरु रोजागारदाताबाट कुटाइ खाने, समयमा तलब तलब नपाउने, बढी समय काम गर्नुपर्ने र घरमा सम्पर्क नदिनेजस्ता समस्याबाट पीडित हुदा नैरास्यता,पिडा ,एक्लोपन, उदासीपन, भय, संकोचमा जकडिएका छन । फलस्वरूप  यो जकडबाट मुक्ति पाउन सूचना र प्रविधिको बढ्दो उपयोगसंगै परिवर्तित समयमा समय काट्ने मेलो बनेको सामाजिक सञ्जाल  फेसबुक , ईमो भाईवरको प्रयोग गर्दै रहरले ,बाध्यता र परिस्थितीले आफ्नो बास्तबिकता समेत भुलेर नेपाली सहित बिदेशी संग नजिक भएका , जोडिएका , प्रेममा परेका , मायामा बाधिएका  छन  । 

तुलानात्मक रुपमा अन्य देशमा भन्दा खाडीमा धेरै समस्या छन तर पनि  विदेश जानु धेरैको रहर नभएर बाध्यता हो । महिला मात्र होइन यस्ता धेरै नेपाली समाजको प्रतिनिधि पुरुष पात्र पनि छन् जो घरमा श्रीमती हुदा हुदै  यता आएर अर्काका श्रीमती आमा दिदीबहिनी, कुमारी र अविवाहित महिलासँग अनेकौ बहानामा सम्बन्ध बनाएर सर्वस्व लुटेर बसेका छन् । आफु संग कुनै न कुनै माध्यमबाट सम्पर्कमा आएका युवाहरूले पनि युवतीलाइ माया जालमा पार्न हरप्रयास गर्ने, बिवाहकाे प्रस्ताव राख्ने ,बिहे गर्ने अश्वाशन दिएर घर बाट भगाउने ,याैन सम्पर्क गर्ने अनि अबैधानिक बनाएर सँगै केहि महिना देखि बर्ष बिताउदै आएका छन । बिचरा दिदीबहिनीहरु माया पाएपछि संसार नै जितेको ठान्छन र अस्मिता सुम्पिन्छिन उसको भरोसामा  ।तर परिणाम एउटा जटिलता लिएर ढिलो चाडो उभिदिन्छ।   मायाको भरोशामा आफै असुरक्षित भै दिन्छन ।घर न घाटकाे बनाएर माया गर्ने मान्छे पेट बोकाएर फरार भै दिन्छ ।अनन्त माया गर्ने ले नै वर्वादीतर्फ धकेलेर छोडिदिन्छ अनि बच्चाको आमा बनाएर प्रवासको ठाउमा निसहाय बनाइ दिन्छ ।यसरि बिपत्तिमा हात माग्दा कति महिला दिदीबहिनी यौन शोषणमा  परेका छन । त्यसमा पनि समाजले महिलालाई नै दोषी ठानन्छ ।तर यसरी बिपत्तिमा परेका देखि घरपरिवारको दुख बोकेर आएका आफ्ना देशका दिदिबहिनीहरुको अस्मितालाई यसरी आफ्नै देशका दाजु भाइले क्रिडा स्थल ठानिनु निकै खेदपूर्ण ,आपत्तिजनक एव यो भन्दा दु:खद् र निन्दनीय अवस्था अरु के हुनसक्छ ?

माया प्रेम भनेको चेतना सहितको जीवन र जगत हो । माया ले नै कति को जिबन एकदमै राम्रो बनाई दिएको छ । त कति को जिन्दगि नै बर्बाद पारी दिएको छ ।खास गरि काम गर्न आएका अर्कैको लोग्ने अर्कैकी दुलहीहरु यसरि माया गर्ने हुदा आफ्नो जिन्दगि त् बर्बाद पार्छन नै परिवारमा पनि धेरै नि चिन्ता पारी दिएका छन्  ।त्यति मात्र हैन समाजका सामाजिक, आर्थिक, पारिवारीक, साँस्कृतिक, मनोवैज्ञानिकले प्रभाव पारेको खाडीका यस्ता मायाका नतिजाहरुलाई समेत नेपाली नै हो र नेपाली कै हो भनेर साक्षि जुट्दै हिड्नु परेको छ  । हुन् सक्ला कसैको अलि कम कसैको अलि बढी भूमिका  होला तर विकटता, नियति, परिस्थिति, गरिबीका कारण परिवारको समृदिको लागि बिदेशिएकाहरु  शारीरिक भोक प्यास पनि मेटाउन मोजमस्तीका रुपमा माया प्रेममा बाधिए पछी , आकर्षित भए पछी जुन परिस्थितिहरु सृजना भएका छन् तिनले हाम्रा  प्रवृत्ति, व्यवहार र मूल्यमान्यताका जगहरुलाई हलाउँन थालेका छन्। 

देशमा भए पनि बिदेशमा भए पनि समाज भनेकै तपाईं हामी हौं । तपाईं हाम्रै सोच, संस्कार र व्यवहारले निर्धारित हुन्छन् समाजका मूल्यमान्यता । दुई अक्षरको संयोजनबाट बनेको यो नेपाली शब्द “माया” अर्थात “प्रेम” सुन्दा पनि मनमा अनौठो कुत्कुती जागेर आउछ , भिन्नै खालको अनुभव हुन्छ । यधपी आफ्नै विशिष्टता र महत्व भएको दुई अक्षरको शब्दले धेरैको मुटुलाई पिडा र सुन्दा पनि ‘घृणा’ महसुश गराएको छ ।खास गरि पवित्र मायाको आड लिएर हिजो माया मा सवै थोक देखेंर आँखा चिम्लिनेहरु घर न घाटकाे बनेर / बनाएर आज यसरि समाजले के भन्ला भन्दै मन भरि पिडा बोकेर बिना बाउको बच्चा च्यापेर स्वदेश फर्किनुले , अलपत्रमा छाडेर आफु रमाउनु ले भावनामा बगेर गाँसिएको मायाले बहुपक्षलाई समेट्न नसक्दो रहेछ भनेर सवैलाई बुझाएको छ पाठ सिकाएको छ  । 

प्रतिकृया दिनुहोस्
Ad
Ad