Hamro Sanchar

Ad

कोरियामा सिकेको सीपले नेपालमा राम्रो आम्दानी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२६ गते
Ad

कैलाली। वैदेशिक रोजगार बाट नेपाल पर्किनु भएका टीकापुर –२ सितापुरका शिवराज जोशीले पुस २५ गतेदेखि डटपेन उत्पादन शुरु गर्नुभएको हो ।

उहाँले ५ वर्ष कोरिया को एक डटपेन कम्पनिमा हुँदा सिकेको सिपलाई नेपालमा आएर प्रयोग गरेको बताउनुभयो ।
नेपालमा आएर खाली बस्नुभन्दा सिकेको सिप प्रयोग गरेरं नमुना योग्य व्यापार र व्यावसायिक काम बाट देश लाई समृद्ध बनाउन सकिने बताए। टीकापुरमा डट्पेनको माग अत्याधिक रहेकोले आफूलाई महसुस भएर नै डट्पेन उत्पादन गरेको बताए । उहाँले डटपेन उत्पादन का लागि आवश्यक कच्चा पदार्थ मेशिन, मसी लगायतका सामान भारतबाट ल्याएर उत्पादन गर्ने गरेको बताउनु भयो ।

जोशीले दुई लाखबाट यो कार्य शुरु गरेको बताउनुभयो । जोशीले पहिलो चरणमा १० हजार डटपेन उत्पादन गरेर टीकापुर बजारमाउत्पादन भएको डटपेनमा टीकापुर नाम उल्लेख गरेको समेत बताउँदै उहाँले प्रदेश नं. ७ का सबै जिल्लामा डटपेन पुरयाउने लक्ष्य रहेको बताउनुभयो । डटपेनको मूल्य ५ र १० रहेको बताए।

प्रतिकृया दिनुहोस्
Ad
Ad