Hamro Sanchar

Ad

आइसीसी विश्व क्रिकेट लिग :नेपाल आज ओमन संग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२६ गते
Ad

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले ओमनको सामना गरिरहेको छ ।खेलमा टस जितेर ओमनले पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले यतिबेला ब्याटिङ गरिरहेको छ ।

नामिबियामा जारी प्रतियोगितामा नेपाल लागातार दोस्रो जितको खोजीमा मैदान उत्रिएको हो । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो ।

ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले पराजित भएको थियो ।नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिकृया दिनुहोस्
Ad
Ad