Hamro Sanchar

Ad

जासुसले फेसबुकमा युवती बनेर भारतीय वायुसेनाका क्याप्टेनलाई यसरी फसाए

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२६ गते
Ad

जासुसको एक समूहले फेसबुकमा युवती बनेर भारतीय वायुसेनाका एक ‘ग्रुप क्याप्टेन’सँग अन्तरङ्ग कुरा गर्दै महत्वपूर्ण दस्तावेज हासिल गरेको तथ्य प्रकाशमा आएको छ ।

भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी ‘आइएसआइ’ का लागि जासुस गर्दै आएको समूहले भारतीय वायुसेनाका अधिकारीलाई फेसबुकमार्फत जालमा पारेर गोपनीय दस्तावेज हासिल गरेको हो ।

अरुण मारवाह नाम गरेका भारतीय वायुसेनाका ती ‘ग्रुप क्याप्टेन’माथि करिब १० दिन लामो अनुसन्धान गरी यो तथ्य प्रकाशमा आएको अधिकारीहरुको भनाइ छ । उनलाई बिहीबार हिरासतमा लिइएको छ ।

प्राप्त विवरणअनुसार गत वर्ष डिसेम्बरमा दुईवटा नक्कली प्रोफाइलमार्फत मारवाहसँग जासुसले सम्पर्क गरेका थिए । ती दुवै प्रोफाइल युवतीको नाममा थिए । उनीहरुले आफूलाई मोडल बताउँदै आएका थिए ।

मित्रता बढ्दै जाँदा मारवाहले उनीहरुसँग अन्तरङ्ग वार्ता गर्न थालेका थिए । एक साताभन्दा लामोसमय यसरी अन्तरङ्ग वार्ता भएको बताइन्छ ।

पछि उनीहरुले मारवाहसँग वायुसेना मुख्यालयमा रहेका महत्वपूर्ण दस्तावेजका तस्वीर मागेको र मारवाहले आफ्नो मोबाइलमार्फत उनीहरुलाई त्यस्ता दस्तावेज उपलब्ध गराएको भारतीय अधिकारीहरुको दावी छ ।

केही तालिम र युद्धसम्बन्धी तयारीका विविध जानकारीसमेत उनले उपलब्ध गराएको बताइन्छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस्
Ad
Ad