Hamro Sanchar

  • Ad
Ad

पक्षघातले थलिएका बुबाआमालाई छोडेर कसरी बिद्यालय जाने ?

सरोज शर्मा प्रकाशित : २०७४/१०/२५ गते
Ad

पाँचथरकोे फालेलुङ गाउँँपालिका वडा नम्बर १ का पुर्णबहादुर थाम्सुहाङ ७७ बर्ष पुगे । उनी पाखुरामा बल हुन्जेल सजावटका सामाग्री (चुरा, पोते)का ब्यापारी हुन् । हिँडडुल गर्न समस्या हुन थाले पछि उनले ब्यापारबाट हात धुनु पर्यो ।

दुई बर्ष देखि उनी ओछ्यानमा छन् । देब्रे हात र खुट्टा नचल्ने भए पछि उनी थला परेका हुन् । दुइ बर्ष अघि उच्च रक्तचापका कारण ढलेका थाम्सुहाङ त्यस पछि देब्रे हात खुट्टा नचल्ने भए । थाम्सुहाङकी श्रीमती ५१ वर्षीय गंगामाया थाम्सुहाङको अवस्था पनि उस्तै छ । उनी १५ बर्ष यता पक्षघातको पीडा सहिरहेकी छन् । १५ बर्ष अघि उनलाई त्यस्तो समस्याले छोपेको हो ।

बिरामी अवस्थामै जन्मिएको छोरो अहिले १५ बर्षका भए । तर उनको अवस्था जस्ताको तस्तै छ । थाम्सुहाङ बिरामी भए पछि दुई बर्ष अघि खेत बेचेर उपचारको प्रयत्न गरिएको भए पनि त्यसले उनको जीवनमा कुनै सुधार आएन ।

भएको ४ रोपनि खेत बेचेर बिराटनगरमा पुर्णबहादुरको उपचार गरिएको थियो । तर उनको शारिरीक अवस्थामा कुनै परिवर्तन आएको छैन । केही महिना खान उब्जनी हुने खेत पनि गयो । पुर्णबहादुरले भने–अव त मर्ने दिन कुर्दै बस्नु बाहेक केही छैन ।

साँझ बिहान खानका लागि अन्नपात छैन । खेती गर्नलाई जमिन छैन । जमिन नै भए पनि बृद्ध अवस्थाका बुढाबुढीले कसरी खेती गर्ने, बिजोक छ । स्थानीय भिम जवेगुले भने–सरकारले कस्लाई कस्लाई सहयोग गर्यो भनेर सुनिन्छ । थाम्सुहाङलाई कसैले देखेन ।

३ सन्तान भएका थाम्सुहाङ दम्पतीसंग अहिले १५ बर्षका राजु थाम्सुहाङ (छोरा) छन् । उनले नै पीडित आमाबाबुलाई लालनपालन गर्दै आएका छन् । कक्षा ८ मा पढ्दै गर्दा बाबुलाई पक्षघात भए पछि राजुले पढाई छाडे ।

अहिले बिद्यालय जाने समय समेत नभएका उनलाई पढ्ने रहर भने बाँकी नै छ । तर बिक्षिप्त बाबुआमालाई छोडेर बिद्यालय कसरी जाने उनको प्रश्न छ । आर्थिक अवस्थाका कारण घरमा बसेर पढाइ अगाडी बढाउन समस्या भए पछि याङवरक गाउँपालिका (थर्पु) स्थित दिदिको घरमा बसेर पढ्दै आएका राजुले बाबुआमाको अवस्था कै कारण पढाइ छाडेका हुन् ।

सँगैका साथी बिद्यालय जाँदा राजु भने बाबुआमाको स्याहारमा हुन्छन् । उनलाई बाबुआमाको लालनपालनको जिम्मेवरी थपिएको छ । बिहान बेलुका खाना बनाउने, बिरामी आमा बाबुलाई सरसफाइमा सहयोग गर्ने उनको दैनिकी हो । आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्ने संघ संस्थाको नजरमा थाप्सुहाङ दम्पतीलाई पुर्याउन सबैले पहल गर्नुपर्ने स्थानीय भिम जबेगुले बताए ।

प्रतिकृया दिनुहोस्
Ad
Ad