Hamro Sanchar

Ad

भ्रष्टाचार आरोपमा बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई ५ वर्षको जेल सजाय

प्रकाशित : २०७४/१०/२५ गते
Ad

माघ २५ – भ्रष्टाचार गरेको आरोपमा बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । बालबालिकाको एउटा संस्थालाई दिइएको विदेशी सहयोगको दुरुपयोग गरेको भन्दै बंगलादेशको उच्च अदालतले पूर्वप्रधानमन्त्री जियालाई ५ वर्षको जेल सजाय सुनाएको हो ।

७१ वर्षकी जियाविरुद्ध अझै दर्जनौ मुद्दा अदालतमा विचाराधीन छन् । खालिदा जियालाई जेल सजाय भएपछि राजधानी ढाकामा उनका हजारौं समर्थकले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन उग्र भएपछि प्रहरीले रबरका गोली र अश्रुग्यास पनि प्रहार गरेको छ । पूर्वप्रधानमन्त्री जियाका छोरालाई यसअघि नै १० बर्षको जेल सजाइ सुनाइएको थियो ।

प्रतिकृया दिनुहोस्
Ad
Ad