Hamro Sanchar

Ad

*** गजल ***

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२३ गते
Ad

तिमी हराए पछि मेरो दुनियाँबाट
म हराएको हु अाफ्नै हुलियाबाट

फलाम पनि कुनामा थन्क्याएपछि
हामीजस्तै हैरान हुँदो हो खियाबाट

सबथोक पाए पनि पाउने छैनौ तिमी
यदि बाअामा खोज्यौ भने रुपियाबाट

बरु दुस्मनहरु चाहिन्छन् जिन्दगीमा
जोगिएर हिड्नु मित्रहरु घटियाबाट

न धोका पाएको हुँ न त नपाएको हुँ
मैले प्रेरणा पाएको हुँ मेरी प्रियाबाट।।

हरि विवश पियम
सिम्ता गाउँपालिका ७ सुर्खेत
हाल : काठमाडौं

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि.
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad