Hamro Sanchar

Ad

नवलपरासीको वर्दघाटमा एनसीसी बैंकको शाखा शुरु

- समाचार डेस्क प्रकाशित : २०७४/१०/२३ गते
Ad

नवलपरासी – नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नवलपरासी जिल्लाको वर्दघाट नगरपालिकामा रहेको वर्दघाटमा आफ्नो शाखाको औपचारिक शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन एनसीसी बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरेका थिए ।

उक्त अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराएका थिए ।

एनसीसी बैंक संचालक समितिका सदस्य माधव प्रसाद भट्टले यस शाखा मार्फत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै सवै आर्थिक क्रियाकलापलाई बैकिङ्ग सञ्जाल मार्फत जोडिने विचार व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।  रातोपाटी

प्रतिकृया दिनुहोस्
Ad
Ad