Hamro Sanchar

  • Ad
Ad

माल्दिभ्समा १५ दिने आपत्कालीन अवस्था घोषणा, पूर्वराष्ट्रपति पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२३ गते
Ad

माल्दिभ्समा बढ्दो राजनीतिक र संवैधानिक गतिरोधका बीच राष्ट्रपति अब्दुल्ला यामीनले १५ दिनका लागि आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।आपतकाल घोषणापछि सरकारले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेको आरोप विपक्षी दलहरुले लगाएका छन् । तर सरकारी अधिकारीहरुले भने पूर्वराष्ट्रपतिलाई पक्राउ गरेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

राष्ट्रपतिका सहयोगी अजिमा शुकुरले सरकारी टेलिभिजनमार्फत् आपतकालीन अवस्था घोषणा भएको जानकारी दिएका हुन् ।राष्ट्रपति यामीनले पनि ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको छ । राष्ट्रपति यामिनले आपतकालीन अवस्थामा केही अधिकारको कटौती गरिए पनि सामान्य काम गर्न, व्यापार व्यवसाय गर्न भने कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।

उनले देशका सबै नागरिक र माल्दिभ्सभित्र रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित हुनेसमेत बताएका छन् ।राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरेलगत्तै सुरक्षाकर्मीहरु सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।गत शुक्रबार देशको सर्वोच्च अदालतले केही राजबन्दीहरुलाई रिहा गर्न तथा १२ जना सांसदहरुलाई पुनर्बहाली गर्न आदेश दिएपछि सरकारले त्यसलाई असंवैधािनक भन्दै आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

माल्दिभ्स सरकारले यसअघि संसदलाई निलम्बन गर्नुका साथै सर्वोच्च अदालतले राष्ट्रपति अब्दुल्ला यामीनलाई महाभियोग लगाउने कुनै कदम उठाए त्यसको प्रतिरोध गर्न सेनालाई आदेश दिएको थियो ।यसैबीच सरकारले अदालतको आदेश कार्यान्वयन गर्छु भन्ने प्रहरी प्रमुखलाई पनि राष्ट्रपतिले पदबाट बर्खास्त गरेका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस्
Ad
Ad