Hamro Sanchar

Ad

कुवेतमा एक नेपाली मृत भेटिए

प्रकाशित : २०७४/१०/२२ गते
Ad

नैनकला राई/कुवेत, फेब्रुवरी ५ – कुवेतमा एक नेपाली मृत भेटिएका छन् | खोटाङ हलेसी तुवाचुंङ ५ घर भएका नबराज राई आइतबार बिहान मृत भेटिएका हुन् |

कुवेतको कवाड स्थित कन्स्ट्रकटिंग क्षेत्रको कम्बाइनड ग्रुप कम्पनीमा २ बर्ष देखि कार्यरत अन्दाजी ३९ बर्षिय नबराज राईलाई कम्पनीको आवास नजिकैको खाली ठाउँमा मृत अवस्थामा फेला परेको सोहि कम्पनीका सिभिल फोरम्यान रोलबहादुर बिकले जानकारी दिएका छन् |

गत शनिबार साँझ ६ बजेतिर क्याम्पबाट बाहिर निस्के राईलाई आइतबार बिहान करिब १० बजे कम्पनीको आवास नजिकै पुराना बिग्रेका सवारी साधानहरु राखिएको ठाउँमा लडेको अबस्थामा भेटिएको थियो | प्रहरीले शव लिएर गएको बुझिएको छ | मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ |

राईको मृत्यु बारे नेपाली दुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनलाई जानकारी गराइसकिएको छ | मृत्यु हुनुको कारण भने खुलीसकेको छैन | राईको मृत्यु बारे परिवारमा जानकारी भैसकेको छ |

प्रतिकृया दिनुहोस्
Ad
Ad