Hamro Sanchar

  • Ad
Ad

“सुर्खेतमा भेरिको पुल”मौलिक सालैजो सार्वजनिक(भिडियो सहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२२ गते
Ad

चिरञ्जीवी ढकाल
काठमाडौ – नेपाली लोक तथा दोहोरी क्षेत्रका अतिनै चर्चित नाम हो गायक गोपाल नेपाल जि.एम र अर्की चर्चित गायिका जानकी तारामी मगर, भर्खरै मात्र उनिहरुको सहकार्यमा उत्कृष्ट सालैजो गीत “सुर्खेतमा भेरीको पुल” बजारमा आएको छ।

गायिका जानकी तारामी मगरको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा आवाज भने उनै गायक गोपाल नेपाल र अर्की चर्चित गायिका जानकी तारामी मगर को रहेको छ।जानकी तारामी मगर युटुब चयानलको प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल शंकर बिसी र चर्चित महिला मोडल रिना थापा को रहेको छ।

शंकर बिसीको निर्देशन रहेको उक्त गीतको छायांकन भने दुर्गा पौडेल ले गरेका हुन्। नबिन घर्तिमगर को सम्पादन रहेको गीत बजारमा आएको हो । गीत निकै उत्कृष्ट र सफल सृजनामा चिनिने देखिन्छ ।

भिडियो हेर्नुहोस “सुर्खेतमा भेरिको पुल”

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि.
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad