Hamro Sanchar

Ad

सुर्खेतको सिम्तामा जेष्ठ नागरिकको लागि स्वास्थ्य शिविर सञ्चालन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२२ गते
Ad

दुर्गा वि.सी.
सुर्खेत – सिम्ता गाउँपालीका सुर्खेतको आर्थिक सहयोग र गाउँ स्वास्थ्य शाखाको आयोजनामा सुर्खेत सिम्ता क्षेत्रका विभिन्न वडा तथा स्थानहरुमा जेष्ठ नागरिक नि.शुल्क स्वास्थ्य शिवर सञ्चालन गरिएको छ ।

सिम्ता गाउँपालीकाको वडा ७ गोजि वजारबाट सञ्चालन गरिएको उक्त शिवीर सिम्ता गाउँपालीकाको वडा १ खनेटामा गएर अन्त्य हुने वताएको छ।गाउँपालीकाको ९ वटै वडा विभिन्न क्षेत्रमा स्वास्थ्य शिवीर सञ्चालन गर्ने गाउँ स्वास्थ्य शाखाका गणेश वलीले वताए ।

शिविरमा चेकजाँच पछि निशुल्क औषधी वितरण,प्रेसर,सुगर,दम,छाती,पिसाव,वाथरोग,युरिकयसीड,खोकि,ज्वरो,निमुनिया,दिर्घरोगी,ग्याष्टिक,न्युराईटिस,आँखा तथा जनरल स्वास्थ्य चेकजाँच परामर्श सुविधा दिने गरिएको वलीले वताए । २० गते काप्रिचौरमा सञ्चालन भएको शिवीरमा वडाका सयौ जेष्ट नागरिकले सो सुविधा लिएका छन् ।

नागरीकको सुविधालाई मध्यनजर गरि र स्वास्थ्य संस्थामा हिडुल गरेर जान नसक्ने व्यवृद्धाहरुको टेवा पुगोस भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको सिम्ता गाउँपालीका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad