Hamro Sanchar

  • Ad
Ad

फेसबूकले प्रयोगकर्ताको सामाजिक तथा आर्थिक हैसियत पहिचान गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२२ गते
Ad

फेसबूकले लगातार आफ्ना प्रयोगकर्ताहरूलाई केही न केही नयाँ दिनका लागि काम गरिरहेको हुन्छ । यही क्रममा फेसबूकले नयाँ पेटेन्ट फाइल गरेको छ । फेसबूकले आफैं प्रयोगकर्ताको सामाजिक तथा आर्थिक हैसियत पहिचान गर्ने एउटा प्रविधिको पेटेन्ट दर्ता गरेको छ ।

यो प्रविधिले तपाईंको हैसियतलाई तीन फरक फरक वर्गमा विभाजित गर्छ ः कामकाजी वर्ग, मध्यम वर्ग र उच्च वर्ग । द डेली मेलले शनिवार प्रकाशित गरेको रिपोर्टअनुसार, कम्पनीले प्रयोगकर्ताहरूको निजी तथ्यांक जम्मा गरेर त्यसको विश्लेषण गर्दै प्रयोगकर्ताको सामाजिक तथा आर्थिक हैसियतका बारेमा अनुमान लगाउनेछ । यी निजी

तथ्यांकहरूमा शिक्षा, घर र इन्टरनेटको प्रयोग पनि संलग्न छन् । पेटेन्टलाई शुक्रवार सार्वजनिक गरिएको हो । यसमा एउटा एल्गोरिदमको सुझाव दिइएको छ जसले फेसबूकका क्षमताहरूमा सुधार गर्न सक्छ । त्यसबाट उसले प्रयोगकर्तालाई प्रासंगिक विज्ञापन देखाउनेछ ।

पेटेन्टमा भनिएको छ, ‘आफ्ना प्रयोगकर्ताहरूको सामाजिक आर्थिक हैसियतको अनुमान गरेर फेसबूकले तेस्रो पक्षको विज्ञापन लक्षित प्रयोगकर्तासम्म पु–याउन सहायता गर्नेछ ।’

प्रतिकृया दिनुहोस्
Ad
Ad