Hamro Sanchar

Ad

दुवै मृगौला फेल भएकी सरस्वतीको आर्थिक अभाबले उपचारमा समस्या, कुवेतबाट दाईले गरे सहयोगको अपिल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१९ गते
Ad

कुवेत, फेब्रुवरी २- दुवै मृगौला फेल भएकी सरस्वती परियारको उपचारमा समस्या भएको छ | आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी ३० बर्षिय युवती सरस्वतीले अस्पतालको बेडबाटै सहयोगको अपिल गरेकी छन् |

तनहुँ जिल्ला ब्यास नगरपालिका १३ बस्ने ३० बर्षिय सरस्वती परियार दुवै मृगौला फेल भएपछी १ बर्षदेखि डाइलोसिस गरेर बसिरहेकी छिन |  घरको आर्थीक अबस्था कमजोर भएकाले उनले १ बर्षदेखी अन्य कुनै उपचार गर्न सकेकी छैनन् | बिहान बेलुका मुस्किलले छाक टार्ने परिवारमा यति ठुलो बिपत परेपछि झन् समस्या थपिएको छ | आर्थिक अभाबमा उपचार नै गर्न नसकेपछि आफ्नो जिबन यतिकैमा सकिन्छ भन्ने चिन्ताले सरस्वतीलाई सताउन थालेको | कुनै आयश्रोत नभएको परिवारमा आफ्नो भन्दा ११ बर्षिय छोराको भबिष्यको चिन्ताले सताउने गरेको उनि बताउछिन् |

३० बर्षको उमेरमै आफुलाई मर्ने चाहना नभएको बताउने उनि सहयोगी मनहरुको आसमा छिन् | सरस्वतीले देश बिदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको याचना गरेपछि कुवेतमा काम गर्दै आएका दाजु बल बहादुर परियारले कुवेतबासी नेपाली दाजुभाई, दिदीबहिनी तथा समाजसेवी मनहरुलाई सहयोगको लागि अपील गरेका छन् |

 

सहयोगी मनहरुले सरस्वती परियारको माछापुच्छ्रे बैंक खाता नम्बर १२४०५२४१५२३५८०१९ वा सिधै फोन मार्फत सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ |
नेपालको सम्पर्क नम्बर, रमेश परियार – ९८१६१४६५६३ (श्रीमान )
बिष्णु राम परियार – ९८१३३८४९७८ (दाजु )

कुवेतमा, बल बहादुर परियार -+९६५-६०६१३२२४ (दाजु)

 

प्रतिकृया दिनुहोस्
Ad
Ad