Hamro Sanchar

Ad

साहित्यकार मनु ब्राजाकी रहनुभएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१९ गते
Ad

साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन ।उनको साहित्यिक नाम ‘सगर नासरत्य’, ‘हेमन्त हरि’ हो भने खास नाम ‘चेतमानसिंह भण्डारी’ हो । उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् ।

समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ नेपाली गजल लेखनमा पनि सिद्धहस्त हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस्
Ad
Ad