Hamro Sanchar

Ad

गजल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१९ गते
Ad

उसको मेरो सम्बन्धको कुरा भयो
बाआमाको सपना आज पूरा भयो

बिधुवा भनी चिनिने तिनै नारीलाई
सिउदोमा सिन्दुर हातमा चुरा भयो

बारम्बार मनलाई काडा बनि घोच्ने
हिजोका ती अतित तीखो छुरा भयो

पढिलेखि इन्जिनियर बन्ने मेरो इच्छा
आर्थिक स्थितिले गर्दा अधुरा भयो

हिजो काका भनी बोलाउथे गाउँमा
आज म बुहारी अनि उ ससुरा भयो।।

मन्जु अन्जना
सुर्खेत
हाल : मरुभूमि, कुवेत

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad