Hamro Sanchar

  • Ad
Ad

२ बर्षदेखि परिवारसँग सम्पर्क बिहिन बनेका निर्मल कुमार कुवेतमै भेटिए, दुताबासमा परिवारले दिए निवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१८ गते
Ad

कुवेत, फेब्रुवरी २ – कुवेतमा २ बर्षदेखि बेखबर बनेका निर्मल कुमार वाइबालाई सम्पर्कमा आउन परिवारले अनुरोध गरेका छन् |

घ्यङ्लेक गाउँपालिका – ५, सिन्धुलीका निर्मल कुमार वाइबा २०१६ जनवरी देखि कुनै पनि सञ्चार माध्यम ( facebook, viber, telephone, mobile) मा सम्पर्क नभएको तर यहि जनवरी २९ मा दूतावासबाट हाम्रो संचारले फेस्बुक लाइभमा राजदूत यज्ञ बहादुर हमालको अन्तरबार्ता लिने क्रममा देखेको भन्दै निर्मल कुमारको नाम र ठेगाना नोटिस बोर्डमा राखी परिवार सँग सम्पर्क गराइ सहयोग गरी दिन दुताबासलाई अनुरोध गरेका हुन् |

आममाफी खुलेपछि हाम्रो संचार डटकमले गत २९ तारिखमा दुताबासबाटै फेसबुक लाइभ गरेको थियो | निर्मललाई दुताबासमा देखेपछी सम्पर्कमा ल्याइदिन अनुरोध गर्दै परिवारले दुताबासमा निबेदन गरेका छन् |

निवेदन यस्तोछ |

सम्पर्क गराइदिनु बारे
श्री नेपाली दूतावास कुवेत
अल जबरिया एरिया कुवेत,

विषय : मेरो भाइलाई परिवर संग सम्पर्क गराइ दिने बारे
महोदय,उपरोक्त सम्बन्धमा मेरो भाइ श्री निर्मल कुमार वाइबा २०१६ जनवरी देखि कुनै पनि सञ्चार माध्यम ( facebok, viber, ttelephone, mobile) मा सम्पर्क नभएको तर यहि जनवरी २९ मा यहि दूतावासबाट हाम्रो संचार नामक सस्थाले फेस्बुक लाइभमा महामहिम राजदूत श्री यज्ञ बहादुर हमाल ज्युको अन्तरबार्ता लिने क्रममा मेरो भाइ पनि पछाडी देखेकोले धेरै खुशी लागेको छ | कृपया उक्त ब्यक्तीको नाम ठेगाना नोटिस बोर्डमा राखी परिवार सँग सम्पर्क गराइ सहयोग गरि दिनु हुन विनम्र अनुरोध गर्दछु ।

नाम : निर्मल कुमार वाइबा
ठेगाना : घ्यङ्लेक गाउँपालिका – ५, सिन्धुली
सम्पर्क ब्यक्ति : राम कुमार वाइबा
सम्पर्क नम्बर : 9841425822, 9619442692

प्रतिकृया दिनुहोस्
Ad
Ad