Hamro Sanchar

  • Ad
Ad

आज खग्रास चन्द्रग्रहण ,१ सय ५२ वर्षपछि आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१७ गते
Ad

माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।चन्द्र ग्रहण राति करिब ९ बजे समाप्त हुने छ ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

चन्द्र ग्रहण नेपाल लगायत एसियाका केही मुलुक, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देश तथा युरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण खग्रास तथा खण्डग्रास गरी दुई किसिमको हुने गर्दछ । बुधवारको चन्द्रग्रहण खग्रास चन्द्रग्रहण हो । खग्रास चन्द्र ग्रहण भन्नाले चन्द्रमाको पूरैभाग छेकिएको हुन्छ । बुधबार साँझ ५ बजेर ३३ मिनेट देखि सुरु हुने छ भने राति ८ बजेर ५६ मिनेटमा समाप्त हुनेछ ।

चन्द्रग्रहण हेर्दा आँखालाई हानी नपुग्ने बैज्ञानीकहरु बताउँछन् । यद्दपि धार्मिक मान्यता फरक रहेको छ । हिन्दु मान्यता अनुसार बुधबार लाग्ने चन्द्र ग्रहण हेर्दा वृष, कन्या, तुला तथा कुम्भ राशि भएकाका लागि फलदायी मानिएको छ । अन्य ग्रह भएका व्यक्तिलाई अफाप हुने विश्वास रहेको छ । अर्को वर्ष खग्रास चन्द्रग्रहण साउन ११ गते शुक्रवार राति पनि लाग्दैछ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad