Hamro Sanchar

  • Ad
Ad

गजल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१७ गते
Ad

सहिद बन्छु म पनि अब चक्का जाम गरेर
सहिद बन्छु म पनि अब देश बदनाम गरेर

देशकाे निम्ती सहिद हुनेले के पाए त अाज
त्यसैले बन्छु सहिद म पनि भ्रष्ट काम गरेर

देशकाे निम्ती सहिद हुनेलाई कस्ले दिए मान
शहिदलाई त किनेका छन् पैसामा दाम गरेर

अलैँचीका पात पातमा सहिदकाे रगत थियाे
सहिद बिउँझेला भनी रगत पियाे तमाम गरेर

भ्रष्ट काम गरि बिद्राेही तालमै भए नि उठाउँछु
शहिदलाई एक एक रण संग्राममा लाम गरेर।।

“अभिलाषि” शारदा राई
खाेटाङ्ग(माेरङ्ग)
हाल:- काठमाण्डाै

प्रतिकृया दिनुहोस्
Ad
Ad