Hamro Sanchar

Ad

उपत्यकाका ५ अस्पतालबाट १७ नक्कली चिकित्सक तथा सञ्चालकलाई पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१६ गते
Ad

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युराेले काठमाडौं उपत्यकाका ५ अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई साेमबार पक्राउ गरेको छ। पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

पक्राउपरेका मध्ये अधिकांश चिनियाँ डाक्टर रहेका छन्। त्यस्तै पक्राउ पर्नेमा केहि नेपाली डाक्टर पनि रहेका छन्। पक्राउ परेका विदेशी डाक्टरहरूले अनुमति बिनानै चिकित्सा क्षेत्रमा काम गरिरहेकाे थिए।

‘नेपाल मेडिकल काउन्सिलकाे सहकार्यमा अवैध डाक्टर तथा अस्पतालका सञ्चालक पक्राउ गरेका हाैं’, सिअाइबीका प्रहरी महानिरिक्षक पुष्कर कार्कीले भने। अस्पतालमा ठगी भइरहेकाे विषयमा उपभाेक्ता हित मञ्चले सिअाइबीलार्इ दिएकाे उजुरी दिएकाे र त्यसैकाे अाधारमा अस्पतालमा छापा मारिएकाे मञ्चका महासचिव बाबुराम हुमागाँर्इले जानकारी दिएका छन्।

 नेपालमा विदेशी डाक्टरले काउन्सिलकाे अनुमति लिएर मात्रै काम गर्न पाउँछन्। काउन्सिलले नेपालमा नभएका विशेषज्ञलार्इ मात्र अनुमति दिने गर्छ। त्यसरी अनुमति लिएकाहरूले दुर्गम ठाँउमा गएर काम गर्नुपर्ने हुन्छ। विदेशी डाक्टरले काठमाडाैं उपत्यकाभित्रै अनुमति नलिर्इ काम गरेकाे सूचनाका अाधारमा उनीहरूलार्इ सिअाइबीले पक्राउ गरेकाे हाे।

प्रतिकृया दिनुहोस्
Ad
Ad