आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युएईका लागि कार्यवाहक नेपाली राजदूत टण्डनको बिदाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/९/२९ गते
Ad

गत ११ जनवरी बिहिबार दुबईको सिल्भर स्पून नेपाली रेष्टुरेण्टमा गुल्मी सेवा समाज युएईको आयोजनामा युएईस्थित क्रियाशिल विभिन्न २२ वटा संघ सस्थाहरुले संयुक्त रुपमा नेपाली राजदूतावास आबुधावीका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनलाई बिदाई गरेका छन् । राजदूत टण्डनको ४ बर्षे कार्यकाल पूरा भई नेपाल फर्कने भएपछि बिदाई गरिएको हो ।

उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण अर्यालले गर्नु भएको थियो ।टण्डन १६ जनवरी २०१४ मा युएईका लागि उपनियोग प्रमुखको पदमा नियुक्ती हुनुभएको थियो ।

उहां युएई आउनुभन्दा पहिला तृतीय सचिवको पदमा पेरिस र वासिङट्न डिसी पनि जानु भएको थियो भने कार्यवाहक राजदूत र उपनियोग प्रमुखको पदमा वर्मा समेत जानु भएको थियो ।

बिदाई कार्यक्रमको अवसरमा विभिन्न वक्ताहरुले आ–आफ्नो मन्तव्यको क्रममा राजदूत टण्डनले आफ्नो कार्यकालमा धेरै राम्रो काम गर्नुका साथ दूतावासमा सहज र शुलभ सेवा व्यवस्थित गरेको भन्दै प्रशंसा गरेका थिए । मन्तव्यकै क्रममा टण्डनले युएईको लामो बसाईमा संघ सस्था र विभिन्न तहबाट धेरै सहयोग पाएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्
Ad
Ad