आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युएईको नेपाली दुताबासले पत्रकार महासंघको कार्यक्रम बहिष्कार गर्‍यो

प्रकाशित : २०७४/९/२९ गते
Ad

उमाकान्त पाण्डे/पुस २९ – युएईस्थित नेपाली दूतावासले नेपाल पत्रकार महासंघ युएई शाखाको १० औं वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेको छ । यस्ता कार्यक्रममा सहभागी हुने चलन नभएको भन्दै दूतावासले सहभागिता नजनाएको बताएको छ ।

शुक्रबार सम्पन्न कार्यक्रमबारे तीन हप्ता अगाडि जानकारी गराएर अधिकारिक पत्र पठाउँदा पनि दूतावासले कार्यक्रम बहिष्कार गरेको महासंघका अध्यक्ष भूपराज बस्यालले बताउनुभयो ।

उहाँले आमन्त्रणका लागि पठाएको इमेलमा युएईका लागि कार्यबहाक राजदूत नेत्रबहादुर टण्डनले यस्ता कार्यक्रममा सहभागी नहुने जवाफ फर्काउनुभएको थियो । टन्डनले कार्यवाहक राजदूतको जिम्मेवारी पाएपछि पत्रकारसँग सकारात्मक सम्बन्ध सुरु गर्नुभएको थियो ।

तर आबुधावीको मुसाफामा दलालले अलपत्र परेका १९ जना नेपालीको मुद्दामा दूतावासका अधिकारीको नेक्सस रहेकोबारे तथ्य सहित समाचार आएपछि टन्डनले पित पत्रकारिता गरेको आरोपसहित प्रेस विज्ञप्ती जारी गर्नुभएको थियो ।

परराष्ट्र स्रोतका अनुसार उहाँले युएईमा अवैधरुपमा पत्रकारिता गरिरहेका नेपालीका कारण समस्या आएको र भविष्यमा पनि यस्ता समस्या आउन सक्ने भन्दै परराष्ट्रलाई इमेल गर्नुभएको थियो । उहाँ अर्को साता कार्यकाल सकेर स्वदेश फर्कदै हुनुहुन्छ ।

पत्रकार महासंघले १० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनायो

नेपाल पत्रकार महासंघ युएई शाखाले विभिन्न कार्यक्रम गरेर शुक्रबार १० औं वार्षिकोत्सव मनाएको छ । वैदेशिक शाखा अन्तर्गत पहिलो शाखाको रुपमा स्थापना भएको युएई शाखाले दुवईमा आधारभूत तथा खोज पत्रकारिता तालिम तथा औपचारिक विशेष कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो ।

खोज पत्रकारिता केन्द्रका सम्पादक तथा महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यता र प्रेस सेनटर, प्रदेश नम्बर ३ का अध्यक्ष सुनिल खड्काको विशेष अतिथ्यतामा भएको कार्यक्रममा युएईमा रहेका संघसस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

आधारभूत तथा खोज पत्रकारिता तालिम

वार्षिक उत्सवको अवसरमा आयोजित आधारभूत खोज पत्रकारिता तालिममा ४५ जनाले सहभागिता जनाएका थिए । तालिममा यहाँ पत्रकारिता गरिरहेका र पत्रकारितामा रुची राख्नेहरुको सहभागिता थियो ।

एफएनजे अवार्डबाट ढुंगेल सम्मानित

शाखाले गएको वर्षबाट सुरु गरेको एफएनजे वर्ष पुरस्कारबाट युएईमा सक्रिय पत्रकार रामप्रसाद ढुंगेललाई सम्मान गरेको छ । ढुंगलले पहिले कतार र अहिले युएईमा बसेर पत्रकारिता गरिरहनु भएको छ ।

त्यस्तै पहिले मलेसिया र हाल युएईमा रहेर नागरिक पत्रकारिता गरिरहेका सुसान आचार्य नवप्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । महासंघको युएई शाखाका संस्थापक सदस्य नारायण अधिकारी र निमेश गिरीलाई पनि सम्मान गरेको उज्यालोमा खबर छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad