Hamro Sanchar

  • Ad
Ad

कुवेतमा तमु ल्होसार तथा चेलिबेटी भोज कार्यक्रम सम्पन्न, गायिका ईन्द्र गुरुङले मच्चाइन् धमाका

प्रकाशित : २०७४/९/२९ गते
Ad

१३ जनवरी २०१८ । तमु प्येल्हु संघ, कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रम अतिथी कलाकार ईन्द्र गुरुङको साथ भव्य रुपमा मनाएको छ ।

“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ” भन्ने मुल नाराका साथ कुवेतको हवाली स्थित बोय स्काउट थियटर हलमा सम्पन्न भएको हो | अतिथि तथा दर्शकहरु संघका कलाकारहरुले टिका लगाइ फुलको गुछाले स्वागत गरेका थिए ।

तमु प्ये ल्हु संघ, कुवेतका अध्यक्ष गोपाल गुरुङको सभापतित्वमा र नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्रम शहचारी ज्ञानेन्द्र शर्मा बिशेष अतिथी रहेका थिए भने कुवेतमा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित थिए । कार्यक्रमलाई बहराइन एक्स्चेन्ज कम्पनी (BEC) कुवेतले प्रायोजन गरेको थियो।

सभापति, प्रमुख अतिथी, बिशेष अतिथीहरुले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार छ्योमान तमुले स्वागत मन्तब्य दिएका थिए। कार्यक्रमको सन्चालन महासचिव डम्बर गुरुङले गरेका थिए ।

धार्मिक परम्परा अनुसार धर्मगुरु ईन्द्र तमु र देव तमुले पूजा पाठ मन्त्र पढी संयुक्त रुपमा रुपा-रिपा मन्तार्दै च्यह ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई आउने दिनको शुख शान्तिको कामना गरेका थिए भने आउने खी ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई यस वर्ष वहाँहरुको वर्गले ल्याउने सबै नराम्रो ग्रह शान्तिको कामना गरि स्याइ स्याइ गरेका थिए।

 

कार्यक्रममा कुवेतबाट संचालित अन्लाईन मिडियाहरु, सांस्कृतिक परिवारका कलाकार, अतिथी कलाकार ईन्द्र गुरुङलाई मायाको चिनो सहित सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने आदिवासी जनजाति महासंघ कुवेत शाखाले पनि कलाकार ईन्द्र गुरुङलाई मायाको चिनो र दोसला अोढाई सम्मान गरेको थियो ।

तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो । कार्यक्रममा गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी प्रस्तुत गरिएको थियो | यसैगरी कुवेतका चर्चित लोक तथा पप गायक बि बि मल्ल ठकुरी, बिराज तमाङले आफ्नो प्रस्तुति राखेका थिए ।

अतिथि गायिका ईन्द्र गुरुङले सालैज्यु, रामदीपुल, नयाँ पुरान गीत गाउदै दर्जनभन्दा बढी आफ्नो निकै धमाकेदार प्रस्तुति पस्केर दिएकी थिइन् |

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष गोपाल गुरुङले कार्यक्रममालाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खट्ने संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद दिएका थिए।

कार्यक्रममको अन्तमा अतिथी कलाकार ईन्द्र गुरुङ र प्रेम कटुवालको लोकदोरी घम्साघम्सीले झनै मनोरञ्जन दिएको थियो |

प्रतिकृया दिनुहोस्
Ad
Ad