Hamro Sanchar

Ad

बलिउड अभिनेत्री श्रद्धा कपुरद्वारा सगुन मोवाइल एप सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/९/२७ गते
Ad

सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार सार्वजनिक गरेको छ । नयाँ दिल्लीको ‘ द ललित होटल’मा आयोजित एक भव्य समारोहबीच बलिउडकी लोकप्रिय अभिनेत्री श्रद्धा कपुरले मोवाइल एप  सार्वजनिक गरिन् ।

अभिनेत्री श्रद्धाले सगुनको मोवाइल एप आफूले पनि डाउनलोड गरेको बताउँदै आफू यस एपबाट निकै प्रभावित भएको बताइन् । सगुनको एपमा रहेका माइ डे, मुड टक, सेक्रेटजस्ता फिचर साच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको उनको भनाइ थियो ।

‘सगुनको एप निकै चाखलाग्दो छ, उनले भनिन्, तपाईका सम्बन्धित सबैलाई सम्पर्कमा राख्न यसले निकै सघाउँछ । मलाई मेरो फिल्मी करियरमा समेत यसले सघाउने अपेक्षा छ । आफ्नो क्यालेन्डर ब्यवस्थित गर्न, गोप्य सामग्री साथीहरुलाई पठाउन यो निकै उपयोगी छ । श्रद्धाले सगुनका संस्थापक गोविन्द गिरीलाई यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो भनेर प्रश्न समेत गरिन् ।

कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो । सगुनको एप लंचिग कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौला तथा बेलायत, अष्टेलिया, कोरिया, अमेरिका, क्यानाडा, नेपाललगायत मुलुकबाट प्रतिनिधि दिल्ली आएका थिए ।

कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनले आफू जन्मेको देश नेपाल, कर्मक्षेत्र रहेको भारत र आफू बस्दै आएको मुलुक अमेरिकालाई जोड्ने बताए । ‘तपाईंहरुले सगुनको एप डाउनलोड गर्नुभयो भने यस क्षेत्रमा रोजगारीको अवसर बढ्ने छ, उनले भने, ‘विश्वव्यापी रुपमा यसको प्रयोगकर्ता बढे भने नेपाल र भारतको समृद्धिमा यसले सघाउने छ ।वेव प्लेटफर्ममा रहेको सुगुनले स्मार्ट फोन प्रयोगकर्तालाई लक्षित गरेर एन्डोइड एप सार्वजनिक  गरेको हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ ।
सगुनले आइफोन प्रयोगकर्ताहरुका लागि छिट्टै एप्पलको स्टोरमा पनि एप सार्वजनिक गरिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad