Hamro Sanchar

  • Ad
Ad

चार हात, दुई टाउको र दुई खुट्टा भएको जन्मियो अनौंठो शिशु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/९/१४ गते
Ad

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो शिशुलाई जन्माएकी छन् । मंगलबार प्रतिष्ठानको प्रसूती विभागमा आएकी इनरुवा–८ बस्ने सोनम मण्डलले चार हात, दुई टाउको र दुई खुट्टा भएको अनौठो शिशु जन्माएकी हुन् ।

उनको पेट चिरेर शल्यक्रिया गर्दा छोरीका रुपमा अनौठो शिशुको जन्म भएको हो ।  शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको प्रतिष्ठानका चिकित्सक डाक्टर सूर्यप्रसाद रिमालले बताए ।

अनौठो बच्चा जन्मिएपछि त्यहाका चिकित्सक र नर्सहरु नै छक्क परे । नवजात शिशुको स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad