Hamro Sanchar

  • Ad
Ad

अद्भूत व्यक्ति, जसले तातो तेलमा हात डुबाएर पकौडा पकाउँछन्

- समाचार डेस्क प्रकाशित : २०७४/९/१२ गते
Ad

एजेन्सी,२७ डिसेम्बर। पकौडा पकाउँदा उम्लिरहेको तेलबाट पकौडा झिक्न झाँझरको प्रयोग त सबैले गर्छन् । तर यो दुनियामा यस्ता मान्छे पनि हुँदा रहेछन् जसलाई कुनै झाँझरको आवश्यकता पर्दैन । उनले उम्लिरहेको तातो तेलमा आफ्नो नांगो हात डुबाएर पकौडा निकाल्छन् ।

भारतको उत्तरप्रदेशस्थित इलाहावाद सहरमा रामबाबू नामका एक व्यक्ति छन् । उनले सडकमा ठेलागाडामा पकौडा पकाएर बेच्ने काम गर्दछन् ।

उनले जुन तरिकाले पकौडा तार्छन् त्यो देख्दा मानिस तिनछक पर्छन्, डराउँछन् । उनको त्यो क्षमता हेर्न र उनले पकौडा पकाएको खानका लागि मानिसहरुको लामै लाग्ने गर्छ । उनले आगोमाथि बसाएको तेलको भाँडोमा पकौडा पकाउँछन् अनि तेलमा पाकिरहेको पकौडालाई निकाल्नका लागि आफ्नो हात नै तेलमा डुबाउँछन् । उनले कराइको तातो तेलबाट पकौडा निकाल्नका लागि झाँझर वा डाडु पन्यू प्रयोग गर्दैनन् ।

आफुलाई उम्लिरहेको तेलमा हात डुबाउँदा पनि नपोल्ने र दुखाइको अनुभूति नहुने उनी बताउँछन् । आफुलाई भगवानले यस्तो क्षमता दिएको उनको भनाई छ । जुन दिन तातो तेलमा डुबाउँदा आफ्नो हात जल्नेछ र आफुलाई पोल्नेछ, त्यस दिनदेखि आफुले पकौडा पकाउने काम बन्द गर्ने बाचा उनले गरेका छन्।

प्रतिकृया दिनुहोस्
Ad
Ad